लुम्बिनी प्रदेशलाई नमुना बनाउने उद्घोषण

0
Shares

काठमाडौं ।

लुम्बिनी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र राप्तीलाई प्रदेश पहिचान झल्किने गरी सरकारको गौरवको आयोजना रूपमा विकास गरिने बताउनुभयो ।

प्रदेश सरकारले देशकै नमुनाको रूपमा लुम्बिनी प्रदेशलाई विकास गर्न प्रदेशको छुट्टै पहिचान झल्किने गरी गुरुयोजना निर्माण गरिने जनाएको छ । यसको पूर्वाधार निर्माण र जग्गा व्यवस्थापनका लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अस्थायी मुकाम बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, क्यान्सर तथा मुटुरोगीलाई जनही दुई लाख दिइने बताइएको छ । स्थायी राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० श्ययाको अस्पताल बनाइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार, ओपीडी र जनरल बेड निःशुल्क गरिने भएको छ । नीति तथा कार्यक्रममा शिक्षा र कृषिलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने उल्लेख छ ।