मन्त्री आलेद्धारा चलचित्र ‘सर्वजित’ निर्माणका लागि पाँच महिनाको तलब प्रदान

0
Shares

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्नु भएको छ । आज मन्त्रालयमा उक्त चलचित्र निर्माणका निर्देशक दीनेश डिसी सहितको टोलीलाई मन्त्री आलेले आफ्नो पाँच महिनाको तलब कर कट्टी गरी रु दुइ लाख ८० हजार ९०० प्रदान गर्नु भएको हो ।

‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका बाग्लुङका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ । उक्त चलचित्र दलित महिला केन्द्र नेपालले निर्माण गर्ने तथा दीनेश डिसीले निर्देशन गर्नु हुने भएको छ ।

जातीय छुवाछुत अन्तक लागि भगत सर्वजित विश्वकर्माले गरेका आन्दोलन तथा कामहरुलाई उक्त चलचित्रमा समावेश गरिने दलित महिला केन्द्र नेपालकी गौरी नेपालीले जानकारी दिनुभयो ।उक्त चलचित्र निर्माणका लागि रु एक करोड २५ लाखको लागत लाग्ने अनुमान गरिएको छ ।