अहिले साढे ५ बजेसम्म मात्र फोहोर खसाल्ने

प्रहरी परिचालन गरेर फोहोर बिसर्जन

0
Shares

काठमाडौं ।

सुरक्षाटोलीको घेरामा बञ्चरेडाडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन जारी रहेकोछ । बञ्चरेडाँडा ल्याण्डफिट साइटमा पुगेका कामपाका चालकले अहिले ५ बजेसम्म मात्र फोहोर बिसर्जन हुने जानकारी दिएको छ ।

प्रहरीले चारबजेदेखि तिनपिप्लेबाट फोहोरको गाडी फिर्ता पठाएको छ । तीनपिप्लेबाट ल्याण्डफिल साइटसम्म पुगेका सवारीलाई फोहोर खसाल्ने दिने भएको छ । साँझ परेपछि आन्दोलनकारीले सवारी साधनमा तोडफोड गरी बाटो अवरोध गर्न सक्ने भएकोले साझ साढे ५बजेसम्म मात्र फोहोर बिसर्जन दिने तयारी भएको छ ।

प्रहरीको आग्रहमा आज साढे ५ बजेसम्म मात्र फोहोर खसाल्न दिने र भोली बिहान ९ बजेबाट पुनः सुरक्षाघेराभित्रबाट फोहोर फ्याक्ने निर्णय गरेको छ । फोहोर व्यवस्थापनमा कामपाका नगरप्रहरी, इन्चार्ज, सिसडोलका इन्जिनियर लगायत बिहानैदेखि बञ्चरेमै रहेका छन् ।

प्रहरी परिचालन गरेर फोहोर बिसर्जन गरिएको छ।  करिब २ सयको संख्यामा रहेका प्रहरीको टोली बञ्चरेडाँडा ल्याण्डफिल साइट र सवारी साधन आउने बाटोमा परिचालन गरिएको छ ।

स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति आज बिहानदेखि फोहोर बोकेको सवारी साधन ल्याण्डफिल साइटतर्फ गएको थियो । स्थानीयले बाटो बन्द गरी फोहोर बिसर्जन गर्न रोकेपछि सरकारले प्रहरी परिचालन गरेको हो । करिब एक महिना अघिपनि यसैगरी प्रहरी परिचालन गरी फोहोर बिसर्जन गरेको थियो ।

स्थानीयले लगातार अवरोध गरेको कारण करिब एकसाता पछि पुनः फोहोर बिसर्जन गर्ने काम रोकिएको थियो । बिहानै बञ्चरेका स्थानीयले ल्याण्डफिल साइटभित्र नाराबाजी गरेर अवरोध गरेका थिए । लतागार बिरोध गरेपछि प्रहरीले आन्दोलन परिचालन समितिका संयोजक श्रीराम ढुंगाना सहित करिब ३० जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका सबैलाई ल्याडफिल साइट स्थित शसस्त्र प्रहरी बलको क्यापमा राखिएको छ । सो क्याम्पका सशस्त्र प्ररहीले फोहोरमैला व्यवस्थापनमा सुरक्षा प्रदान गरिरहेका छन् ।‘दिउसो साढे ३ बजेसम्म ५० ट्रक फोहोर बिसर्जन गरिसकेका छौ, आज रातभरमा अवरोधको करण बाटोमा रोकिरहेका करिब २ सय ट्रक फोहोर खसाल्ने तयारीमा छौ–बञ्चरेडाडा ल्याण्डफिलसाईटका प्रमुख रविन प्यासीले भन्नुभयो । उहाका अनुसार भोलीबाट सुरक्षाकर्मी परिचालन गरेर फोहोर बिसर्जन गर्ने तयारी भैरहेको छ ।

करिब दुईसातादेखि बाटोमा थुप्रिएको पाmेहोर उठाउन शुरु गरेपछि काठामाडौका सडकमा फोहोरको मात्रा कम हुन थालेको छ । सोमबार राती शहरी विकास मन्त्री रामकुमारी झाक्रिको रोहबरमा स्थानीयतहका जनप्रतिनिधिसंग सम्झौता भएपछि आजबिहानैबाट फोहोर लगिएको थियो । यसअघि मेयर बालेन साहले पटक पटक भएको आग्रहलाई वेवास्ता गरे फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताउनुभएको थियो ।