मेयर बालेनको अन्तिम पोलिसी : काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न प्रहरी बल प्रयोग



काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको फोहोर विसर्जनका लागि प्रहरी बल प्रयोग गरेका छन् । यसअघि मेयर बालेनले प्रहरी बलको प्रयोग नगर्ने बताए पनि अन्ततः प्रहरी बल प्रयोग गरेका हुन् ।

यसअघि मेयर बालेनले फोहोर बिसर्जनका लागि बल प्रयोग नगर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिसँग सहमति भए पनि स्थानीयबासीले निर्णयको अवज्ञा गरेपछि प्रहरी बल प्रयोग गरिएको महानगरका एक अधिकारीले न्युज अफ नेपाललाई बताए ।

ती अधिकारीले भने, ‘जनप्रतिनिधिले गरेको निर्णय नमान्ने भन्दै स्थानीय बासिन्दाले बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाएपछि बाध्य भएर प्रहरी बल प्रयोग गरिएको हो ।’

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्