फोहोर विसर्जनमा अवरोध गर्ने १४ जना पक्राउ

0
Shares

काठमाडौँ।

काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका छन् । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले सघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको छ ।

फोहोर व्यवस्थापनमा अवरोध गर्ने १४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको प्रहरीले जनाएको छ । फोहोर व्यवस्थापन पनि सुरू भइसकेको छ।

यसअघि सोमबार सहरी विकास मन्त्रालयमा मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।

सोही सहमतिअनुसार मंगलबार  बिहान काठमाडौँको फोहोर बन्चरेडाँडामा पठाइएको थियो । सहमतिबारे आफूहरूलाई थाहा नभएको र काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीय फोहोरका गाडी अवरोध गरेका हुन् ।

आफूहरूले राख्दै आएको माग पूरा नभएसम्म फोहोर फाल्न नदिने स्थानीयको अडान दोहोर्याएका छन् ।