बर्दियामा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु



काठमाडौं ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग गर्दै स्थानीय सोमबार दिउँसो प्रदर्शनमा उत्रिएका थिए । स्थानीयले अवरुद्ध गरेको सडक खुलाउन खोज्दा उक्त घटना भएको हो।

स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फ हबल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।

मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । उनको हाल नेपालगञ्जमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्