कपनको धोबी खोलामा पुरुषको शव भेटियो


काठमाडौं । काठमाडौंको धोबी खोलामा एक पुरुषको शव भेटिएको छ ।

सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा मंगलबार बिहान एक पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ। बिहान स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।