सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौँ ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजावी सुनको मूल्य तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

यसैगरी सोमबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबारचाँदी तोलाको एक हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।