माओवादी केन्द्रको पदाधिकारीको टुंगो कहिले लाग्ला ?

असार १५ गतेका लागि केन्द्रीय कमिटी बैठक



काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी टुंग्याउने भएको छ । माओवादीले असार १५ गतेभित्रै पदाधिकारी टुंग्याउने भएको हो ।

उसले आसन्न असार १५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । मंसिरमा पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट भएको थियो ।

उक्त अधिवेशनले पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा केन्द्रीय कमिटी मात्र घोषणा गरेको थियो । तथापि अध्यक्ष र उपाध्यक्षबाहेक अन्य पदाधिकारी टुंग्याउन भने बाँकी नै छ ।

अध्यक्ष पछिको कार्यकारी पद महासचिवमा नेता वर्षमान पुन र जनार्दन शर्माको दाबी हुँदा समस्या भएको बताइएको छ । सोही कारण पदाधिकारी चयन प्रक्रिया प्रभावित भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्