पोखराका मेयर आचार्यको घोषणा : तीन महिनाभित्र एक घर एक बृक्षारपोण कार्यक्रम सक्छौं



कास्की ।

पोखरा महानगरपालिकाले तीन महिना भित्र महानगर भित्रका सबै घर कम्पाउडमा विरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ । महानगरका मेयर धनराज अचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरे । विश्व वातावरण दिवसको सन्दर्भ पारेर उनले यस्तो घोषणा गरेका हुन् ।

आइतवार ५० औं विश्व वातावरण दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको बृक्षारोपणकार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक बृक्षारोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवाउपलब्ध गराउने समेत जानकारी दिए । त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उनले बताए ।

केही वर्ष अगाडि सेती नदिमा आएको अप्रत्यासित बाढी, गतवर्ष मनाङ र मादीमा आएको वाढीको स्मरण गर्दैउनले वातावरणीय सन्तुलन कायमका लागि बृक्षारोपण अनिवार्य रहेको धारणा राखे । उनले सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना विरुवा भएपनि रोप्न नगरवासीलाई आग्रह समेत गरे।

पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा, बर र पिपल मासिएको उल्लेख गर्दै उनले सडकका किनारामा कस्तो विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसंग बसेर निस्कर्षमा पुगिने बताए । ‘विगतमा पोखरामा प्रशस्त पोखरीहरु थिए । चौताराहरु थिए । प्रशस्त बर पिपलका विरुवाहरु थिए, ति सबै मासिए ।’ उनले भने, ‘अब जे जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसंग बसेर निर्णय गर्ने छौं । अनि पोखरालाई नारा अनुसारको स्वच्छ हराभरा सुन्दरपोखरा व्यवहारमै बनाउने छौं ।’

मेयर आचार्यले खाली जमिनमा बृक्षारोपण कार्यक्रम गर्न पोखरा स्थित सम्पूर्ण संघसंस्थाहरुलाई आग्रह समेत गरेका छन् । बृक्षारोपणका लागि बृक्षारोपण मात्र नभएर त्यसको संरक्षण हुनुपर्नेमा जोड दिँदै उनले आफूले रोपेका विरुवाको संरक्षणपनि सम्बन्धित संस्थाले नै गर्नुपर्ने बताए ।

सरकारले निजी जमिनमा रोपिएका रुखकटानको सन्दर्मभा लिएको निर्णयले आम नागरिकलाई आम्दानी दिने विरुवा रोपेर आयअर्जन गर्ने बाटोखोलिदिएको धारणा राख्दै उनले बृक्षारोपण गरेर यसको फाइदा लिन समेत आग्रह गरेका छन् ।

मेयर आचार्यले पोखरा २४ मा रहेको ठूली पोखरी (कश्यप ताल)को संरक्षणका लागि महानगरको तर्फबाट समेत योगदान रहने बताए । वडाको समग्र विकासका लागि वडाध्यक्ष र निर्वाचित जनप्रतिनिधिसंग बसेरैयोजना बनाउने उनले आश्वासन दिए ।

महानगरले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा मेयर आचार्य, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालसहित जनप्रतिनिधि, महानगरका कर्मचारी र स्थानीहरुको सहभागिता थियो ।

पोखरा महानगरपालिका वडा नम्बर २४ को कार्यालय र कश्यप ताल परिसरमा विश्व वातावरण दिवशको अवसर पारेर बृक्षारोपण गरिएको हो । वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीका अनुसार विभिन्न प्रजातिका दुइसय भन्दा धेरै विरुवा रोपिएको छ ।

उक्त अवसरमा बोल्दै वडाध्यक्ष अधिकारीले अहिले वडावासी दाजुभाई दिदिबहिनी डोकोमा गाग्री बोकेर कहाँपानी पाइन्छ भनेर धाउनु पर्ने अवस्था रहेको जानकारी दिए । यसको अन्त्यका लागि लिफ्टिङ खानेपानीआयोजना छिट्टैसम्पन्न गरेर नगरवासीलाई खानेपानी उपलब्ध गराउने काममा आफूहरु लागि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्