हिटा समूहसँगको साझेदारीमा होटलहरू जीरो-प्लास्टिक वेस्ट हुने प्रक्रियामा



काठमाडौं । हिटा समूहसँगको साझेदारीमा केजीएच होटलहरुले जीरो–प्लास्टिक वेस्ट प्रक्रिया सुरु गरेका छन् । उक्त समूहसँग साझेदार गरी काठमाडौंका केही प्रसिद्ध होटलले सो प्रक्रिया सुरु गरेका हुन् ।

होटलबाट निस्किने प्लास्टिक र प्लास्टिकजन्य फोहोरलाई धुवाँरहित इन्सिनरेटरमा हालेर उच्च तापक्रममा जलाइने बताइएको छ । जसका लागि हिटा समूहको अत्याधुनिक यो प्रविधि प्रभावकारी भएको उसले उल्लेख गरेको छ । इन्सिनरेटरको प्रयोगले प्रदुषणसमेत रोक्ने भएकाले थप प्रभावकारी हुनेमा हिटा समूहले विश्वस्त लिएको छ ।

हामी वातावरणमैत्री होटल बनाउने कार्यमा समेत सहयोगी हुन चाहान्छौं । हिटा समूहसको यो पहलले पानीका बोतलहरू, प्लास्टिक र कागजको फोहोरलाई पारिस्थितिक रूपमा नष्ट गर्न सघाउने छ ।

विज्ञप्तिमै भनिएको छ, ‘त्यस्तै हामी वातावरणमैत्री होटल बनाउने कार्यमा समेत सहयोगी हुन चाहान्छौं । हिटा समूहसको यो पहलले पानीका बोतलहरू, हल्का पेयका बोतलहरू जस्ता होटलहरूको प्लास्टिक र कागजको फोहोरलाई पारिस्थितिक रूपमा नष्ट गर्न सघाउने छ । दूध, तेल र अन्य प्लास्टिक खाना ¥यापरस सेम्पू, साबुन, शरीर धुने जस्ता कोठा सुविधाहरू प्याकेजहरूस र सबै अतिथि प्लास्टिक फोहोरपनि व्यवस्थापन गर्न सकिनेछ ।’

प्लास्टिक प्रदूषण रोक्न केजीएच होटलको ‘जीरो प्लास्टिक वेस्ट इनिसिएटिभ’ लामो समयदेखि चलिरहेको प्रक्रिया हो । होटलबाट लास्टिकको झोला बन्द गर्ने, मिनरल वाटरको बोतल प्रयोग गर्नुको सट्टा सिसाका बोतललाई प्रोत्साहन गर्ने, प्लास्टिकले बेरेर नपठाउने वस्तु खरिद गर्ने र होटलभित्रका प्लास्टिकजन्य कप, प्लेट र कटलरीमा प्रतिबन्ध लगाउने उसले जनाएको छ ।

व्यवस्थापन अघि फोहोरलाई लामो समयदेखि बायो–डिग्रेडेबल र नन–बायोडिग्रेडेबल गरी विभाजन गरिएको छ । यसरी विभाजन गरेपछि गिलास, क्यान, स्टिल र कागज भने फोहोर व्यवस्थापन गर्दै आएको खाली सिसि समूहलाई पठाउने योजना रहेको उक्त समूहले बताएको छ ।

हिटा समूहसँगको साझेदारीमा होटलहरू काठमाडौं गेस्ट हाउस, ठमेल, माया मनोर बुटिक होटल, हात्तीसार र पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठले यसको प्रक्रिया थालिसकेका छन् । यो देशकै पहिलो फोहोर व्यवस्थापन विशेषज्ञ कम्पनी हो ।

प्रेस विज्ञप्ती

हिटा समूहसँगको साझेदारीमा केजीएच होटलहरू जीरो–प्लास्टिक वेस्ट होटलहरू हुने प्रक्रियामा रहेछन । काठमाडौंमा रहेका तीन होटलहरू काठमाडौं गेस्ट हाउस, ठमेल, माया मनोर बुटिक होटल, हात्तीसार र पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठले यसको प्रयोग थालिसकेका छन । यो प्रविधिमा सबै प्लास्टिक फोहोरलाई धुवाँरहित इन्सिनरेटरमा हालेर उच्च तापक्रममा जलाइन्छ ।

हिटा समूह अत्याधुनिक प्रविधि उच्च दहन धुवाँरहित इन्सिनरेटरसहित शून्य फोहोर प्लास्टिक व्यवस्थापनमा लगानी गर्ने पहिलो फोहोर व्यवस्थापन विशेषज्ञ कम्पनी हो । हिटा समूहको यो इन्सिनरेटरको प्रयोगले प्रदुषण समेत रोक्ने भएकाले यो थप प्रभावकारी हुने हाम्रो विश्वास छ ।

हामी वातावरणमैत्री होटल बनाउने कार्यमा समेत सहयोगी हुन चाहान्छौं । हिटा समूहसको यो पहलले पानीका बोतलहरू, हल्का पेयका बोतलहरू जस्ता होटलहरूको प्लास्टिक र कागजको फोहोरलाई पारिस्थितिक रूपमा नष्ट गर्न सघाउने छ । दूध, तेल र अन्य प्लास्टिक खाना ¥यापरस सेम्पू, साबुन, शरीर धुने जस्ता कोठा सुविधाहरू प्याकेजहरूस र सबै अतिथि प्लास्टिक फोहोरपनि व्यवस्थापन गर्न सकिनेछ ।

प्लास्टिक प्रदूषण रोक्न र हटाउन केजीएच होटलको ‘जीरो प्लास्टिक वेस्ट इनिसिएटिभ’ लामो समयदेखि चलिरहेको प्रक्रिया हो । कोठाबाट प्लास्टिकको फोहोर झोला बन्द गर्ने, मिनरल वाटरको बोतल प्रयोग गर्नुको सट्टा सिसाका बोतललाई प्रोत्साहन गर्ने, प्लास्टिकले बेरेर नपठाउने वस्तु खरिद गर्ने र होटलभित्रका प्लास्टिकका कप, प्लेट र कटलरीमा प्रतिबन्ध लगाउने जस्ता विभिन्न माध्यमबाट प्लास्टिकको प्रयोग घटाउँदै आएका छौं । व्यवस्थापन अघि फोहोरलाई लामो समयदेखि बायो–डिग्रेडेबल र नन–बायोडिग्रेडेबल गरी विभाजन गरिएको छ । यसरी विभाजन गरेपछि गिलास, क्यान, स्टिल र कागज भने फोहोर व्यवस्थापन गर्दै आएको “खाली सिसि“ समूहलाई पठाउने योजना छ ।

राम्रो आतिथ्यता र सजावटले होटलहरुमा आतिथिलाई आकर्षित गर्ने गर्दछ । फोहोरलाई न्युनिकरण गर्नुपनि होटलहरुको सफलताको कारक मानिन्छ । अहिलेको समयको आवश्यकता भनेको फोहोरलाई न्यूनीकरण गर्नुपनि हो ।

प्रतिक्रिया दिनुहोस्