कक्षा १२ को परीक्षा केन्द्र रहेको विद्यालयमा चोरी

0
Shares

वीरगन्ज ।

पर्सा जिल्लाको ठोरी गाउँ पालिकामा दुई वटा विद्यालयमा चोरी भएको छ । ठोरी –४ को मा.वि बिजयबस्ती र ठोरी–५ को सखुवाटी प्राविमा शनिबार राति चोरी भएको हो ।
कक्षा–१२ को परीक्षा केन्द्र समेत रहेको मावि बिजयबस्तीमा फलामको रडले ५ वटा कोठाको ताल्चा फोडेर भित्र रहेका सामाग्री भताभुङ्ग पारेको भेटिएको विद्यालयका प्रधानाध्यापक नारायण लामाले बताउनुभयो । विद्यालयको २ वटा अफिस कोठा, पुस्तकालय, होस्टेल रुम र कम्प्युटर रुमको ताल्चा फोडेर भित्र रहेका सामानहरु लथालिङ्ग अवस्थामा भेटिएको र के के सामाग्री चोरी भयो भन्ने खोजी भैरहेको प्रअ लामाले बताउनुभयो ।

त्यस्तै ठोरी ५ सुवर्णपुरमा रहेको सखुवाटी प्राविमा पनि रडले ताल्चा फोडेर डेल कम्पनीको एउटा ल्यापटप, प्रोजेक्टर, पानी तान्ने मोटर लगायतका सामाग्री चोरी भएको विद्यालयका प्रधानाध्यापक अमृत श्रेष्ठले बताउनुभयो । उक्त विद्यालय(सखुवाटी प्राबी)मा चोरी गर्ने ब्याक्तिको पहिचान भइसकेको र बाँकी अनुसन्धान जारी रहेकाले केहीबेर पछि बिस्तृत विवरण आउने प्रहरी चौकी सुवर्ण पुरले जनाएको छ । उक्त विद्यालय प्रहरी चौकी भन्दा २० मिटर को दुरिमा रहेको छ ।