एक महिनाभित्रै ८ करोड रुपियाँ उठाउने माओवादी केन्द्रको लक्ष्य, स्रोत के हुनसक्छ ?



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एक महिनाभित्रै ८ करोड रुपियाँ उठाउने भएको छ ।

कार्यालय भवन विस्तार तथा व्यवस्थापन गर्न आर्थिक समस्या परेकोले उक्त रकम पार्टीले उठाउने भएको हो ।

आज (आइतबार) माओवादी केन्द्र पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीले कार्यालय भवन विस्तार तथा व्यवस्थापनका लागि एक महिनाभित्रै ८ करोड रुपियाँ उठाउने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

८ लाख सदस्यबाट एक महिनाभित्र न्यूनतम एकसय रुपियाँको दरले संकलन गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्