समृद्ध लुम्बिनी प्रदेश निर्माणमा जुटन नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रदेश प्रमुख शेरचनको जोड

0
Shares

बुटवल ।  

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले समृद्ध लुम्बिनी प्रदेश निर्माणमा जुटन नवनिर्वाचित जनप्रतिनिधीहरुलाई निर्देशन दिनुभएको छ । जनताको जीवन स्तरका लागि जस्तो सुकै चुनौतीको सामना गरेर भए पनि काम गर्नका लागि उहाँले जनप्रतिनिधीलाई आह्वान गर्नुभयो ।

लुम्बिनी सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीयतहका जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तक्रिया कार्यक्रममा शनिवार कपिलपबस्तुमा वोल्दै प्रदेश प्रमुख शेरचनले सोकुरा बताउनु भएको हो ।

प्रमुख शेरचनले संविधानले स्थानीयत सरकार, प्रदेश, संघीय सरकारलाई प्रदान गरेको अधिकारलाई पालना गर्दै सहकार्य, सहअस्थित्वको भावनालाई अगाडि बढाएको बताउँदै संविधानको पूर्ण पालना गर्दै जनताको सेवा गर्न आग्रह गर्नुभयो ।

जनताले दिएको मतको कदर गर्दै अर्काे कार्यकालमा पनि जनताले फेरि निर्वाचित गराउने गरी काममा लाग्न प्रमुख शेरचनले आग्रह गर्नु भयो । स्थानीयतहको सरकार जनताको घर दैलोको सरकार भएकाले जनतालाई प्राथमिकतामा राखेर काम गर्न जोड दिनु भयो ।

यस्तै कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद के.सी.ले लुम्बिनी प्रदेशका १०९ स्थानीयतहलाई समन्वय गरी समृद्धि प्रदेश आत्मनिर लुम्बिनी बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले जनताको सबैभन्दा तल्लो तहको सरकार स्थानीयतहरु नै भएकाले जनताको सुख, दुखमा साथ दिन अनुरोध गर्नुभयो । उहाँले जनताले दिएको मतको सम्मान गर्दै जनताको आधारभूत आवश्यकताका आधारमा प्राथमिकताको योजना निर्माण गर्न र बजेट व्यवस्था गर्न जोड दिनु भयो । मुख्यमन्त्री केसीले लुम्बिनीका आम जनताको समस्या बुझेर प्रदेश सरकारलाई रिपोटिङ गर्न र ती समस्यालाई प्रदेश सरकारले सम्वोधन गर्ने बताउनभयो ।उहाँले राज्यका हरेक निकायमा जनताको सहभागीता र पहुँच पु¥याउनको लागि सबैले ध्यान दिनुपर्ने बताउँदै जनताको हरेक विकास निर्माणलाई ध्यान दिएर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सभामुख पुर्णबहादुर घर्तीले जनताको जीवन स्तरमा आमूल परिवर्तनका लागि कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।
अन्तरक्रियामा संघीयताका विज्ञ खिमलाल देवकोटाले स्थानीय तह शासनको सुधार गर्नका लागि आम जनतालाई सरकारसम्म जोड्नु पर्ने धारणाा राख्नु भयो ।
नेपाल सरकारका पूर्व प्रमुख सचिव लिलामणी पौडेलले संघीयताको मर्म र भावनाको विकासलाई अगाडि बढाउँदै काम गर्न सक्नु पर्ने बताउनु भयो ।कार्यक्रममा १०९ स्थानीय तहका प्रमुख तथा उपाध्यक्षहरुको सभागीता रहेको थियो ।