फर्जिमत नै बुुढीगंगा नगरपािलकाको झगडाको विऊ

0
Shares

बाजुरा ।

यतिवेला बाजुराको बुढिगंगा नगरपालिका देशभर चर्चाको शीखरमा छ । देशभरिका ७५३ पालिका मध्य ७५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा कार्यसमिति अर्तात सथानीय सरकार सहित निर्माण भईसकेको छ। बाजुराको बुढिगंगा नगरपालिकामा भने पुनः निर्वाचन हुने वा मतगणना हुने भन्नेमा अझै अन्योल कायमैछ ।

गत साता निर्वाचन आयुक्त सगुन शम्सेर राण बाजुरा पुुगरे स्थलगत भ्रमण गरी प्रतिवेदन गरी पतिवेदन पेश गरेका छन् भने निर्वाच आयोग नेपालले पुनः निर्वाचन गराउने निर्णय सहित उक्त पालिकामा निर्वाचन अधिकृत समेत खटाई सकेको छ । यतिवेला बुढिगंगा नगरपालिकाको निर्वाचन अन्यौलतालाई लिएर ससमाजिक सञ्चालमा विभिन्न कोण प्रतिकोणबाट तीखोरुपले टिका टिप्पणी भैरेकाछन् । बाजुराको राजनीतिक रुपले उर्वर भुमिका रुपमा चिनिने बुढिगंगा नगरपालिकालाई लिईन्छ ।

जिल्लाका अन्य आठ वटा पालिका भन्दा अब्बल राष्ट्रीय स्तरमा महत्व राख्ने नेतृत्व बुढिगंडगा नगरपालिकामा छ । वर्तमान प्रदेश प्रमुख देबराज जोशी बुढीगंगानगरपालिका स्थायीवासिन्दा हुन्। नेपाल सरकारका महान्यायधिबक्ता खम्मवहादुर खाती पनि सोही पालिकाका हु्न् । नेकपा एमाले स्थायीकमिटी सदस्य तथा पूर्व उद्योग मन्त्री कर्णवहादुर थापा पनि बुढीगंगा नगरपालिकाका स्थायी बासिन्दा हु्न्। संघीय सांसद लालवहादुर थापा पनि सोही पालिकाका वासिन्दा हुन् ।
प्रदेश “ख” सांसद एवं नेकपा एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि सोही पालिकाका हुन्। अझ दुुई दशक निरन्तर नेपाली कांग्रेस पार्टीको नेतृत्व लिएका मानबहादुर रावल पनि सोही पािलकाका हुन् भने नेकपा माओवदी चन्द समुहका संविधान सभासदस्य डवल शाहपनि सोही पािलकाका हु्न ।
त्यसैले भनिएको हो राजनीतिमा जिल्लाकै उर्बर भुमि बुढिगंगा । अहिले जिल्लाभरीका नागरिक बुढिगंगा नगरपािलका देखि चकित छन् आजित छन् । निर्वाचनमा जहिले पनि सबै भन्दा बढी धाधली उक्त पालिकामा हुनेगरेको स्थानीय वासिन्दाको गुनासो छ।

विगत १५ वर्ष सम्म निरन्तर जिल्ला निर्वाचन कार्यालय बाजुराको नेतृत्वमा रहेर निर्वाचन कार्य सम्पन्न गराएका निवृत्त प्राप्त तत्कालिन कार्यलय प्रमुख मानवहादुर थापाले भन्नुभयो “फर्जीमत नै बाजुराको मुल समस्या हो । ” मतदाता सर्वेक्षण गर्ने हो भने ४८ देखि ५० प्रतिसत मतदाता मात्र गाउँमा छन् ।
विगतको मतदाता नामावलीमा ४ देखि ५ प्रतिसत मतदाताको मृत्युदर देखिन्छ । बुढिगंगका नगरपालिकाको हालको मतदाता आंकलन गर्दा ५४ प्रतिसत भन्दा बढी मतदाता गाउँमा छैनन् । पैचालिस प्रतिसत मानिस गाउँमा छैनन् अनि कसरी ८० देखि ९९ प्रतिसत मत खस्छ ? थापाले प्रतिप्रश्न गर्नुभयो ।

यहाँ मतदाता अभिलेख अध्यावधिक नगराएका, स्वर्गवास भएका, बाहिर रहेका मतदाताको मत दान गन्छि । आफ्नो पक्कड रहेको मतदान केन्द्रमा बुंद क्याप्चर गर्ने मतदातालार्ई डरत्रास देखाएर भगाउने मत आफुले हाल्ने यो कस्तो विचित्रका प्रम्पार हो ? हामी कस्तो समाजको निर्माण गर्दैछौं अवकास प्राप्त कार्यालय प्रमुख थापाले आफ्नो तितो अनुुभव सुनाउनुभयो ।
अहिले यो बुढिगंगा नगरपािलकाको प्रतिकात्मक घटना मात्र हो । बाजुरामा अधिकांश बुंथ क्याप्चर हुन्छन्। नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्न पाएकै छनैन , नागरिक अधिकारकर्मी बताउँछन् ।

बुढिगंगा नगरपालकाको बैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेसले मतदानमा धांधली भएको भन्दै पुनरावेदन मा रिट निवेदन पेश गरेको छ । नेकपा एमालेले मतगणना गर्नुपर्ने भन्दै रिट निवेदन पेश गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । यसैवीच शुक्रवार दिउँसो सर्वदलीय बैठक वसाएर दलहरुको सहमती भए जेठ भित्रै निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय तयार रहेको श्रोतले बताएको छ।

निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै गत साता बाजुराबाट एकैपटक सडियो, उपेन्द्रराज पौडेल, नेपाल प्रशहरीका डिएस्पी चर्तुुभुज ओझा, शसस्त्र प्रहरीवलका डिएस्पी दिपक विष्टले एकैदिन जिल्ला छोड्नुपरेको थियो । यसैविच निर्वाचनकै लाल्छना लगाएर बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल माथि एकमाले कार्यकर्ताले उनको कार्यकक्षमा गएर धरपकड र्दुब्यबहार गर्दा अधिकृत प्याकुरेलले पनि शुक्रवार बाजुरा छोड्नुपरेको दुख्द घटना छ ।

बुढिगंगा नगरपालिका का नगरप्रमुखका उम्मेदवार द्वोय रंगवहादुर खाती नेपाल सरकारका मुख्य न्याधिबक्ता खम्मवहादुर खातीका सहोदर दाजु हुन् भने नेकपाएमाले तर्फ बाट नगरप्रमुख उम्मेदवार रामबहादुर बानियाँ नेकपा एमाले स्थायीकमिटी सदस्य कर्णवहादुर थापाका सहोदर भान्जा हुन् । नेताको जंगाको लडाई कम गर्न शान्तिसुरक्षा कायम गरी स्वतन्त्ररुपमा मतदातालाई मतदान गराउन सके मात्र बाजुरा फर्जिमतले उब्जाएको झगडा शान्त पार्न सकिन्छ ।