काभ्रेका ट्राफिक प्रहरीलाई आयुर्वेदको नश्र्यकर्म

0
Shares

काभ्रे । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुका लागि प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्युनिकरणका लागि (नश्र्यकर्म) आयुर्वेद योग अभ्यास गराएको छ । एक दिने योगाभ्यासमा योग, खानपान, रहन सहन, आयुर्वेदीय जीवनशैली सेवा, तनाव ब्यवस्थापन, बायु प्रर्दषण, ध्वनी प्रदुषण, जलनेती, नश्र्यकर्म लगायतका विषयमा जानकारी गराईएको छ ।

 

 

‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सरकारले उपलब्ध गराएको २३ प्रकारका औषधी निशुल्क उपलब्ध गराउँदै आएको छ’–आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. मनोजकुमार चौधरीले भन्नुभयो–‘नियमित योग अभ्यास, ब्लड प्रेसर र ब्लड सुगरको निशुल्क परिक्षणलाई नियमित गरिएको छ ।’ आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने विरामीहरुका लागि अमृत चिया, निशुल्क ल्यावको समेत ब्यवस्था गरिएको डा. चौधरीले बताउनु भयो ।

 

आयुर्वेदले निशुल्क नपाउने औषधी अब पैसा तिरेर किन्न पाउने ब्यवस्था गर्न लागेको छ । जिल्ला आरोग्य नागरिक सेवा केन्द्र गठन सँगै पालिका स्तरमा नागरिक आरोग्य केन्द्रहरुको गठन गरिनेछ । ट्राफिक प्रहरीहरुका लागि जल नेती, प्रदुषण र ध्वनी प्रदुषण, नश्र्यकर्म, आयुर्वेदेयि जीवन शैली सेवा प्रभावकारी रहेको डा. चौधरीले बताउनु भयो ।

पतञ्जली योग समिति बागमति प्रदेशका अध्यक्ष ग्रुवेन तौजलले रोगले भेदभाव नगर्ने भएकाले सबैले योग अभ्यास नियमित गर्नु पर्ने सुझाव दिनु भयो । ‘सरकार आफै जातिय भेदभाव गरिरहेको छ, दलितलाई कोटा छुट्टयाएर दलित माथि थप विभेद गरेको छ’–तौजलले भन्नुभयो–‘सरकार आफैले गरेको विभेद हटाउने हो भने दलित भन्ने शब्द सरकारी कोटाबाट हटाउनु पर्छ ।

योगले धनी, गरिव, जातभात केहि भन्दैन । हामी सबैलाई स्वस्थ बनाउँछौं । दैनिक १० मिनेट योग गरेको अवस्थामा पनि ब्यक्ति स्वस्थ हुन सक्छ ।’ ट्राफिक प्रहरीहरुलाई योग साधक पतञ्जली योग समितिका बागमति प्रदेश अध्यक्ष ग्रुवेन तौजले र काभ्रे जिल्ला सल्लाहकार दमनकुमार श्रेष्ठले योग अभ्यास गराउनु भएको थियो । ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक राजेश सिलवालले हरेक ब्यक्तिलाई आवश्यक पर्ने योग ट्राफिक प्रहरीका लागि थप आवश्यक रहेको बताउनु भयो ।

आयुर्वेद स्वास्थ्य केन्द्रले उपलब्ध गराएको नश्र्यकर्म योग झनै महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । आयुर्वेद स्वास्थ्य केन्द्रले प्रहरीका लागि ३२ वटा चस्मा, जलनेती, माक्स लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । आयुर्वेद डा. प्रतिज्ञा कोँजुले जल नेती गर्दा मनतातो पानी र नुन मिसाएर गर्दा उपयुक्त हुने बताउनु भयो । जलनेतिले टाउको दुख्न कम गर्ने तथा नाक भित्र भएका विकारहरु निस्कने भएकाले खालि पेटमा नियमित गर्न सल्लाह दिनु भयो ।

कार्यक्रममा जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरु सहभागि थिए । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष प्रकाशबहादुर कायश्थ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्ततमान अध्यक्ष मोतीराम तिमल्सिना, आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज रमेशप्रसाद पनेरु, कृष्णप्रसाद पराजुली लगायतले आयुर्वेद र योगको महत्व रहेको बताउनु भयो ।