नेहाको स्वरमा करुणको चोट लाग्छ

0
Shares

तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ
टुक्रिएको फूल हुँम बतासले चोट लाग्छ

नेपाली गजल विधामा कोमल भावलाई बढी सम्प्रेषित गर्न रुचाउने गजलकार तथा गीतकार करुण थापाको गजलको एक मनछुने अंश हो यो। यी अंश समावेश उनीद्वारा रचित लोकप्रिय गजल बतासले चोट लाग्छ रेकर्ड गरी त्यसको स्टुडियो भर्सन हालै म्युजिक सुत्र युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

संगीतकार सचिन सिंहद्वारा संगीतवद्ध उक्त गजललाई बलिउडकी प्रतिभाशाली गायिका नेहा करोडेले गाएकी छिन्। १० वर्ष भारतीय शाश्त्रीय संगीत सिकेकी नेहा दिल्लीमा जन्मे पनि हाल उनी मुम्बईमा कार्यरत छन्। उनले हालैमा प्रख्यात निर्देशक अनुभव सिन्हाको फिल्ममा तीन गीत गाएकी छन् भने सोनू निगम, जुबिन नौटियाल, यश किङ, देव नेगी, हरिश मोयाल, पवनदीप राजनलगायतसँग पनि उनका गीत रिलिज भएका छन्।

ईण्डियन आइडल विजेता पवनदीप राजनसँग थुप्रै नेपाली गीत कभर गरेकी उनले केही संयुक्त गीत निकालिसकेकी छन्। विभिन्न हिन्दी, पञ्जाबी तथा अंग्रेजी भाषाका गीत रेकर्ड गराइसकेकी नेहा करोडेको बतासले चोट लाग्छ गजल भने नेपाली भाषामा रेकर्ड गरिएको पहिलो गिती गजल हो।