मुद्दा जितेपछि ट-यो जोनीको संकट

0
Shares

६ वर्षअघि हलिउड अभिनेत्री पूर्वपत्नी एम्बर हर्डले दायर गरेको मानहानी तथा हिंसाको बहुचर्चित मुद्दामा अमेरिकी अदालतले दुबैलाई दोषी करार गरे पनि हलिउड अभिनेता जोनी डीपको पक्षमा फैसला सुनाएको छ।

अमेरिकास्थित भर्जिनिया अदालतमा ६ सातादेखि चलिरहेको मुद्दामा न्यायाधीशहरुले अभिनेता डीपलाई १५ मिलियन डलर क्षतिपूर्ति भर्न हर्डलाई आदेश दिएको छ भने डीपले पनि एम्बरको प्रतीष्ठामा आँच पु-याएकोमा २० लाख अमेरिकी डलर तिर्न आदेश गरेको छ।

विश्वभरबाट चासोपूर्वक हेरिएको यो मुद्दामा अदालतको फैसलालाई जोनी डिप पक्षले जित मानेको छ। डिपले अदालतको निर्णयले आफ्नो जीवन फिर्ता आएको प्रतिक्रिया एजेन्सीलाई दिएका छन्। एम्बर हर्डका वकिलले भने पुनरावेदन गर्ने संकेत गरेका छन्। यो मुद्दालाई लिएर सिंगो हलिउड नै पक्ष र विपक्षमा विभाजित भएको थियो।

हर्डले द वासिध्रटन पोस्टमा लेख्दै डीपले घरमा शारीरिक र मानसिक यातना दिएको, सार्वजनिक ठाउँमा दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्। डिपविरुद्ध मुद्दा दायर भएपछि उनको करिअर संकटमा पर्ने अनुमान गरिएको थियो। उनले पाइरेट्स अफ द क्यारेबियन फिल्म पनि हातबाट गुम्ने अनुमानसमेत गरिएको थियो।

मुद्दा जितेपछि भने उनी नयाँ श्रृंखलामा देखिने भएका छन्। ञम विश्वास गर्छु कि अदालतको फैसलापछि ज्याक स्प्यारोको भूमिकामा डिप देखिने पक्का छु फिल्म निर्माण कम्पनीका कार्यकारीले अमेरिकी अखबारलाई भको छन्। डिज्ने संस्कृतिमा गहिरो रुपमा जरा गाडेको प्रिय पात्रको लागि बक्स अफिसमा अथाह सम्भावना छ।