कर्णालीको कथामा प्रदीपको प्रकाश

0
Shares

जनयुद्धमा बेपत्ता परिवारको कारुणीक कथामा बनेको फिल्म प्रकाशको हालै युट्युबमार्फत  टिजर सार्वजनिक गरिएको छ। टिजरमा अभिनेता अभिनेत्री प्रदीप खड्का र दिया मास्केलाई फिचरिध्र गरिएको छ।

कर्णालीको परिवेशमा तयार पारिएको टिजरमा प्रदीप र दिया शशक्त देखिएका छन्। टिजरको पृष्ठभुमिमा बज्ने कर्णालिको लोक भाकाले त्यहाँको परिवेशसँग नजिक बनाएको छ।दिनेश राउतको निर्देशनमा निर्मित फिल्मले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ। बिकास सुबेदीको लेखन रहेको फिल्ममा जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा बुनिएको छ। टिजरमा आमा र छोराको संवेदना प्रस्तुत गरिएको छ।

आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्मको फष्टलुक पोष्टर यसअघि नै सार्वजनिक भईसकेको छ। पोष्टर सार्वजनिक भएसँगै प्रकाशले दर्शकमाझ कौतुहलता पैदा गरेको छ भने टिजरले त्यसलाई वृद्धी गरिदिएको छ। जुम्लामा छायाँकन भएको फिल्मले त्यहाँको परिवेश पक्रेको छ। प्रदीप र दियाका अलवा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारले अभिनय गरेको फिल्मको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित फिल्ममा सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ।