काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर महानगरपालिकाको अभियानमा साथ दिन आग्रह गर्नुभएको छ ।
शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेका मेयर बालेनलाई प्रचण्डले राम्रो काममा आफ्नो साथ रहने आश्वासन दिनुभएको थियो । प्रचण्डलाई उद्धृत गर्दै उहाँको सचिवालयका एक सदस्यले बताए–‘तपाईंको जीत बहुत ठूलो कुरा हो, क्रान्ति हो ।
पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग आबद्ध भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलोपटक सबैलाई मिलाएर काम गरिरहनुभएको छ, त्यो सराहनीय छ । त्यसैले तपाईंलाई हाम्रो सधैँभरि साथ र सहयोग रहनेछ ।’
प्रचण्डले मेयर साहलाई बधाई दिँदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएको जानकारी दिँदै ती सदस्यले भने– ‘भेटमा प्रचण्ड र बालेनले एकअर्काको प्रशंसा गरेका थिए ।’ यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि भेटेर सहयोगका लागि आग्रह गर्नुभएको थियो ।











प्रतिक्रिया