छात्रामाथि यौन दुर्व्यवहार प्रकरण : सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामेछापबाट पक्राउ

0
Shares

काठमाडौँ।

छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन्।

उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगका शनिबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

यसअघि प्रहरीले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र उनकी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।

उनीहरुकै सूचनाका आधारमा रामेछापमा रहेका होस्टल वार्डेन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।