सीनको अध्यक्षमा ई. शाक्य दोस्रो पटक निर्विरोध निर्वाचित

0
Shares

काठमाडौँ ।

ईलेक्ट्रिकल ईन्जिनियरहरूको राष्ट्रिय संस्था सोसाइटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन) को अध्यक्षमा ईं दिल्लीरत्न शाक्य दोस्रो पटक निर्विरोध निर्वाचित हुनुभएको छ ।

सीनको शुक्रबार सम्पन्न विशेष साधारणसभाले १३ औं कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित गरेको छ । विशेष साधारणसभाले उपाध्यक्षमा ई. तिर्थमान शाक्य, महासचिवमा ई. थर्कबहादुर थापा, सचिवमा ई.सुबोध शर्मा, कोषाध्यक्षमा ई. सूर्यरत्न ताम्राकार र सदस्यहरूमा ई. ताराप्रसाद प्रधान, ई. दीपक चन्द, ई. दिपा श्रेष्ठ, ई. आशा खनाल, ई. रौशनकुमार गुप्ता, ई. ओमसागर बञ्जारा, ई. बीरेन्द्र कुमार सिंह, र. ई. अनिल पञ्जियारलाई निर्विरोध निर्वाचित गरेको हो ।

सन् १९९५ मा स्थापना भएको सीनले स्थापना कालदेखि नै विद्युत विकासका विविध क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै नेपाल विद्युत प्राधिकरणलाई नीति निर्माणका लागि सल्लाह र सुझाव दिंदै आएको छ । तीन सयभन्दा बढी आजीवन सदस्य रहेको यस संस्थाले विद्युत विकासका लागि थिंक ट्यांकको रुपमा काम गर्दै आएको छ ।

यसको साथै पछिल्लो समयमा सीनले राष्ट्रिय विद्युत प्रणालीमा थपिने अतिरिक्त विद्युत खपतका लागि आन्तरिक खपतका सम्भाव्य क्षेत्रहरूको पहिचानका लागि विभिन्न गोष्ठी तथा छलफलको आयोजना गरेको थियो ।