जोरपाटीको सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहार आरोप, वार्डेन फरार

0
Shares

काठमाडौँ ।

काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

होस्टलमा बस्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेपछि होस्टेल वार्डेन रामजी बस्नेत फरार छन् । उनको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

पीडित छात्राहरुले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए । उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सीपल शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा सोधपुछ गर्न उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त वौद्धले जनाएको छ ।