५० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

0
Shares

हेटौंडा । हेटौंडाको मुख्यबजार राप्ति रोडबाट प्रहरीले ५० किलो ४ सय ग्राम गा“जा र अटोसहित एक भारतीय नागरिकलाई अटोसहित पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१, राप्तिरोडबाट गा“जासहित उनलाई शुक्रबार पक्राउ गरेको हो ।

गा“जास“गै अटोचालक भारतको बिहार सीतामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्बर–१०, थाना बेला घर भइ हाल महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर–७, सोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

नेवारपानीबाट हेटौंडातर्फ आउ“दै गरेको ना. २ ह १५०८ नम्बर अटो चेक गर्दा अटोमा लुकाइल्याएको लागुऔषध गा“जा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।