फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्न विधेयक पेस



काठमाडौं । संसदमा फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा कोइरालाले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ पेस गरेका हुन् ।

यसअघि शुक्रबार नै मन्त्री कोइरालाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरेका हुन् ।

यसअघि शुक्रबार नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९  ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्