महंगीविरुद्ध किसान महासंघ आन्दोलित



धादिङ । अखिल नेपाल किसान महासंघ धादिङले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

लगातार किसान लगायत जनताले धान्ने नसक्नेगरी गरिएको मूल्य वृद्धिको विरोध गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएको हो । अखिल नेपाल किसान महास.घ धादिङका अध्यक्ष कमल गुरुङले ज्ञापनपत्र बुझाउनु भएको थियो ।

किसानहरुको माग यस अघिकै सरकारले रासायििनक मल कारखाना स्थापना भने पनि अझैसम्म काम नभएको र किसानहरुले मल विउ सुलभ रुपमा उपलब्ध नहुँदा उत्पादनमा समेत ह«ास आउने भएकोले तत्काल मलविउ उपलब्ध गराउन सरकारसंग माग गरिएको छ ।

कृषिलाई व्यवसायिक बनाउन, किसानहरुको उत्पादनको समर्थन मूल्य समयमै तोक्न र बिचौलिया अन्त्य गर्न सरकारसंग माग गर्दै उत्पादनलाई आत्मनिर्भर बनाउन सरकारले काम गर्नु पर्ने माग किसानहरुको छ ।

जिल्लाका किसानहरुको सहभागिता रहेको ज्ञापनपत्र बुझाउने कार्यक्रममा किसान महासंघका धादिङ इन्चार्ज अरुण लामा लगायतले सरकारले किसानका पक्षमा काम गर्न नसकेकोले ज्ञापन पत्र बुझाउन र सरकारलाई सचेत गराएको बताए ।

यसैगरिकिसान महासंघको बैठकले महंगी नियन्त्र नभए र समयमै किसानले रासायनिक मल नपाए शशक्त आन्दोलनमा उत्रने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्