काठमाडौं महानगरमा जटिल बन्दै फोहोर व्यवस्थापन



  • मेयर साहले समस्या समाधान गर्न नखोजेको स्थानीयको आरोप
  • भोली शनिबार बैठक बसेर थप कार्यक्रम घोषणा गर्नेछौः संघर्ष समितिका संयोजक

काठमाडौं । महानगरपालिकाका मेयर वालेन्द्र साहको ढिठको कारण उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बन्दै गएको छ । आज बिहान मेयर साह र उपमेयर सुनिता डंगोल बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्दा जनतामा जुन उत्साह थियो । उहाहरु फर्केपछि आक्रोसमा बदलिएको छ ।

पदबहाली भएकै दिनबाट फोहोर व्यवस्थापन गर्न अडिग देखिएका मेयर साहको पहल निरर्थक हुदै गएको छ । आज बिहान ल्याण्डफिल साइटमा भेला भएका स्थानीयलाई सो क्षेत्रको विकास गर्न महानगरपालिकाले गर्ने कामको योजना सुन्ने आसमा थिए । तर मेयर साह फोहोर व्यवस्थापनको विषय र योजना मात्र सुनाएकोले जनता थप आक्रोशित भएका छन् ।

‘मेयर र उमपेयर आउँनु भएको थियो । हामीले उहाँहरुबाट ठुलो आशा गरेका थियौ। तर मेयर साहले फोहोर नगनाउन केमिकल छर्किने र फोहोरको परियोजना संचालन गर्ने विषयमा मात्र जानकारी दिनुभयो– स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल समाचारपत्रसंग भन्नुभयो ।

विगत वर्षौदेखिको मागलाई बेवास्ता गर्दै जसरी भएपनि फोहोर बिसर्जन गर्ने नियमतले आएको देखेपछि हामी त निरास भयौ–ढुंगानाको भनाई थियो । मेयर साहले स्थानीय संघर्ष समितिको उपस्थिति बिनानै अन्य स्थानीयवासीलाई बोलाएर बैठक डाकेकोमा स्थानीय आक्रोशित थिए । यसअघि गएको ८ दिनअघि सिसडोल र बञ्चरेल्याण्डफिल साइट अनुगमन गर्न पुगेका मेयर साहले समस्या समाधान नभएसम्म फोहोर नल्याउने घोषणा गर्नुभएको थियो । स्थानीयले मेयरको सोही भनाईलाई आधार मान्दै फोहोर व्यवस्थापन ठप्प पारेका हुन ।

उहाँबाट ठुलोआब गरेका थियौ, माग पु्रा गर्न लिखित सम्झौता गरेपछि हामीले फोहोर व्यवस्थापन गर्न दिने तयारी गरेका थियौ । तर फोहोरको मात्र विषय उठान गरेर जनताको माग पुरा नगर्ने भनेपछि हामीले आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छौ–संयोजक ढुंगानाको भनाई थियो । आन्दोलनको स्वरुपको विषयमा भोली बिहान ७ बजे बैठक बसेर जानकारी दिइने उहाँको भनाईथियो ।

मेयर साहले उपत्यकाको फोहोर उठाउन पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र शहरी विकास मन्त्री रामकुमारी झाक्रिसंग भेट गरिसक्नु भएको छ । मेयर साहले सम्बन्धित निकायका व्यक्तिसंगष् भेट गर्ने भन्दापनि केही नजिककालाई सहभागि गराएर फोहोर व्यवस्थापन गर्न खोज्दा समस्या परेको हो ।

फोहोर व्यवस्थापनको जिम्मेवारी बोकेका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले मेयरलाई सही सुचना नदिएको र हालसम्म पनि टाक्सफोर्सको बैठक बोलाउने विषयमा चासो नदेखाएको कारण समस्या जटिल बन्दै गएको छ । कार्यकारी अधिकृतले कर्मचारीको कुरा सन्दै नसुन्ने र आफुले सही सुचना नदिने गरेको कारण समस्या जटिल बन्दै गएको स्थानीयको भनाइ छ ।

हिजो सिसडोल र बञ्चरे ल्याण्डफिल साइट पुग्दा मेयर र उपमेयरको टोलीले विभागका कर्मचारीलाई बोलाएका थिएनन् । हामीले त समस्याको बारेमा जानकार विभागका कर्मचारी, मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीसँग कुराकानी गर्ने तयारीमा थियौ । तर मुख्य जिम्मेवारी लिएका विभागका कर्मचारी नदेखेपवछि हामी अचम्मीत भयौ–संघर्ष समितिका अध्यक्ष ढुंगानाले भन्नुभयो । उहाँका अनुसार स्थानीयसंग भएको सम्झौता कार्यान्वयन गर्न लिखित निर्णयमा हस्ताक्षर नभएरम्म फोहोर ल्याउनै दिँदैछौ ।

विभागका टोलीलाई फोहोरको अवस्थाबारे पुर्ण रुपमा जानकारी हुँदा पनि प्रमुख प्रशासकीय अधिकृतकै कारण सहभागिता हुन सकेको छैन । कर्मचारीको सहभागिता बिना फोहोर व्यवस्थापनको समस्या झन जटल बन्न थालेको छ ।

मेयर साहले दुर्धन्धरहित बनाउने केमिकल ल्याएको एक हप्तापछि मात्र सो क्षेत्र दुर्धन्ध रहित हुने बताउँनु भएको थियो । तर ति केमिकल कहिले नेपाल आइपुग्छ भन्ने विषयमा मेयर साहसंग ठोस निर्णय छैन ।

प्रतिक्रिया दिनुहोस्