पनौतीले प्रदेशसँग १३१ योजनाका लागि बजेट माग्योे



काभ्रे ।

पनौती नगरपालिकाले वागमती प्रदेश सँग १ सय ३१ योजनाको लागि वजेट माग गरेको छ । चालु आर्थिक वर्षमा करिब ४० करोड घाटा बजेट रहेको पनौती नगरमा आर्थिक वर्ष ०७९÷८० को लागि केन्द्रीय सरकारले ४५ करोड ७० लाख रुपैया विनियोजन गरेको छ ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जानकारी दिए अनुसार प्रदेश सरकारसँग बसपार्क पुण्यमाता खोला करिडोर, पनौती खोपासिको मुल सडक कालोपत्रे गर्ने, रंगशाला निमार्माण लगाएत ठुला साना गरी १ सय ३१ योजनाको लागि वजेट माग गरिएको छ ।

जसमा वन, वातावरण , धार्मिक संघ संस्थाका योजनाहरु पनि समावेश गरिएको छ । प्रदेश सरकारसंग पनौती नगरभित्र तीनवटा पुल निर्माणको लागि पनि बजेट माग गरिएको छ ।

कृषि मन्त्री वसुन्धरा हुमागाई तथा सांसद चन्द्र लामा समेत पनौती क्षेत्रको भएकोले प्राथमिकताका साथ पनौतीमा योजना पर्नेमा आफू ढुक्क रहेको नगर प्रमुख भण्डारी बताउनुहुन्छ । नगरप्रमुखमा निर्वाचित भए लगत्तै आर्थिक पारदर्शिताका साथ सेवा प्रवाहलाई प्राथमिकतामा राखेर कार्य अघि बढाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएका भण्डारीले अनियमितताका कुनैपनि गुनासो भए तत्काल खवर गर्न आग्रह गर्नु भएको छ ।

पनौती नगरले आन्तरीक आयको मुख्य स्रोतको रुपमा रहेको निकासी कर संकलनको लागि साढे ३४ करोड रुपैयाको टेण्डर आव्हान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्