विद्यालय पोसाकमा पोखरी घुम्न रोक



काठमाडौं ।

विद्यालय तथा कलेजको पढाइ छाडेर टौदह पोखरी घुम्न आउन रोक लागाइएको छ । खास गरी कक्षा ११ र १२ पढ्ने विद्यार्थी विद्यालयको पोसाकमै पोखरी घुम्न आउन थालेको गुनासो आएपछि समाजले विद्यालय पोसाकमा पोखरीमा नआउन आग्रह गरेको हो ।

आग्रह गर्दा पनि अटेर गरेपछि समाजले विद्यार्थीलाई पोखरी प्रवेशमै रोक लगाइएको जानकारी दिँदै समाजका अध्यक्ष कार्कीले भन्नुभयो– ‘स्थानीयको गुनासो र पोखरीभित्र अशोभनीय क्रियाकलाप हुन थालेपछि कक्षा बङ्क गरी पोखरी प्रवेश गर्न आउने विद्यार्थीलाई पोखरी प्रवेशमा रोक लगाइएको हो ।’

त्यसै गरी पोखरीमा लामो समयसम्म बस्नेमाथि पनि निगरानी बढाइको छ । अध्यक्ष कार्कीका अनुसार पोखरी परिसरमा अनुचित गतिविधि बढ्न नदिन प्रहरीको सहयोगमा २४ सै घण्टा सुरक्षाको प्रबन्ध मिलाइएको छ । पोखरीलाई थप व्यवस्थित गर्न नयाँ योजना ल्याउन लागिएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘पोखरीलाई सुन्दर बनाउन सबैको भूमिका महत्वपूर्ण ठानेका छौं ।’

प्रतिक्रिया दिनुहोस्