खाद्यान्नमा चर्काे मुल्यवृद्धि

0
Shares

काभ्रे । 

निरन्तरको पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिका कारण खाद्यान्नमा चर्काे मुल्य वृद्धि भएको छ । सर्वसाधारणको चुल्हो मुल्यवृद्धिको कारण महङ्गिएको छ । तीन महिनाको बीचमा पटक पटक बढेको मुल्य वृद्धिले सर्वसाधारण संकटमा परेका छन् ।

सरकारले मुल्यवृद्धि नियन्त्रण गर्न नसक्दा महङ्गीको भ-याङ उकालो चढेको छ । काभ्रे उद्योग वाणिज्य संघले सार्वजनिक गरेको मुल्य सूचीका आधारमा मात्रै पनि बजार मुल्य उकालो चढेको पुष्टी गरेको छ । तीन महिनामा सर्वसाधारणले ब्यहोर्नु परेको चर्काे मुल्यवृद्धिमा सरोकारवाला निकाय मौन छन् ।

मुल्यबृद्धीलाई सरकारी निकाय र सत्तामा रहेका राजनीतिक दलहरुले युक्रेन र रुसको युद्धलाई दोष दिएर उम्किन खोजिरहेका छन् । २०७८ साल फागुन ५ गते काभ्रे उद्योग बाणिज्य संघले सार्वजनिक गरेको उपभोक्ता दर रेट अनुसार चामल बासमती प्रति केजी १ सय ३५ रुपैया कायम गरेको छ । २०७९ साल जेष्ठ १३ गते सोहि चामलको मुल्य बढेर १ सय ४५ पुगेको छ ।

सरकारले तीन महिनाको बीचमा १० पटक मुल्य वृद्धि गरिसकेको छ । निर्वाचन लगत्तै १० दिनको अवधीमा प्रेट्रोलियम पदार्थमा २० रुपैया डिजेल, प्रेटोल र मट्टितेलमा मुल्य वृद्धि गरेको छ भने ग्याँसमा प्रति सिलिण्डर २ सय रुपैया वृद्धि गरेको छ । छिट्टै मुल्य वृद्धि गर्ने गरी भएको तयारीले सर्वसाधारण अतालिएका छन् । बजेट भाषण पछि बजार झनै महङ्गो भएको सर्वसाधारणले बताएका छन् । लोकल पोखरेली चामल प्रति केजी १ सय १० रुपैयाबाट १ सय ५० पुगेको छ । चिउरा तराई टाईचिन ७० रुपैया प्रति केजीबाट ७५ पुगेको छ ।

दाल मुसुरो ठुलो १ सय ६० रुपैया प्रति केजीबाट १ सय ६५ रुपैया पुगेको छ । रहर दाल १ सय ७५ बाट १ सय ८० पुगेको छ । उद्योग बाणिज्य संघले तोकेको भन्दा धेरै मुल्य तिर्नु परिरहेको सर्वसाधारणले बताएका छन् । मुगी खोस्टा दाल १ सय ५५ बाट १ सय ८५ पुगेको छ । गेडागुडीमा केरा सेतो १ सय १० रुपैयाबाट १ सय २५ पुगेको छ भने हरियो केराउ १ सय ४५ बाट १ सय ४० मा आएको छ । बोडी १ सय ५० बाट १ सय ७० पुगेको छ । राजमा सिमी १ सय ८० रुपैयाबाट २ सय रुपैया पुगेको छ । भटमास सेतो १ सय २० बाट २ सय रुपैया पुगेको छ । गेडागुडीमा प्रति केजी ८० रुपैयासम्म महङ्गो भएको छ ।

गेडागुडी पछि धेरै महङ्गो भएको मसला र तेलजन्य सामाग्रीको मुल्य बढेको छ । भटमास तेल २ सय ४५ बाट ३ सय २५ रुपैया पुगेको छ । तोरी तेल प्रति लिटर २ सय ५० बाट ३ सय ४० पुगेको छ । सुर्यमुखी तेल २ सय ५५ बाट ३ सय ५० र बनस्पति घ्युको मुल्य २ सय ४० बाट ३ सय ५० पुगेको छ । मैदा ५५ बाट ६०, आटा ५५ बाट ७०, चिनी ९० बाट १ सय, जिरा ४ सय १० बाट ४ सय ८०, धनियाँ २ सय २० बाट २ सय ५० र मरिच ८ सय ५० बाट १ हजार रुपैया पुगेको छ । यसमा ब्यवसायीहरुले स्थान अनुसार फरक फरक मुल्य लिन सक्नेछन् । ढुवानीका कारण मुल्य फरक पर्न सक्ने संघले जानकारी गराएको छ । खाद्यान्नसँगै बजारमा निर्माण सामाग्री, लत्ता कपडा र अन्य सामाग्रीहरुको मुल्य बढेको ब्यवसायीहरुले बताएका छन् ।

हेर्नुस मुल्य तीन महिनामा फरक परेको मुल्य