सुनचाँदीको मूल्य घट्यो



काठमाडौं ।

साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्