बेपत्ता बिमान खोजी तीव्र पार्न गृह मन्त्री खाणको निर्देशन

0
Shares

काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले तारा एयरको सम्पर्कविहीन विमान खोजी तीब्र पार्ने सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहिन भएपछि गृहमन्त्री खांडले उक्त निर्देशन दिनु भएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी विमान खोजीका लागि सबै स्रोतसाधन परिचालन गर्न मन्त्री खाणले निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।