बेपत्ता बिमान खोज्न हेलिकोप्टर परिचालित

0
Shares

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ । खराव मौसमका कारण हेलिकोप्टर उडेको भएपनि संभावित दुर्घटनास्थल तर्फ भने जान सकेको छैन । जोमसोममा रहेको एउटा निजी क्षेत्रको हेलिकोप्टर पनि उडानको तयारीमा रहेको छ ।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले भने, ‘सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा छ ।’ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीले सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको जानकारी दिए ।

सम्पर्कविहीन भएको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।