तारा एयरको बिमान बेपत्ता

0
Shares

काठमाडौ ।

पोखराबाट जोमसोमकोलागि उडेको तारा एयर सम्पर्क बिहीन भएको छ । १९ यात्री लिएर उडेको उक्त बिमान सम्पर्क बिहीन भएको नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।

तारा एयरको ९ एनएईटी टि्वनअटर विमान विहान ९: ५५ मा पोखराबाट उडेको थियाे  । अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।