काठमाडौं विश्वविद्यालयको दोस्रो चरणको २७ औं दीक्षान्त समारोह शुक्रबार

0
Shares

काभ्रे  ।

काठमाडौं विश्वविद्यालयले दोश्रो चरणको २७ औं दीक्षान्त समारोह २०७९ जेठ २० गते शुक्रबार बिहान ९ बजे काठमाडौं विश्वविद्यालय केन्द्रीय परिसर धुलिखेलमा गर्ने भएको छ ।

दीक्षान्त समारोहमा B.Sc. in Computational Mathematics मा १५ जना, M.Sc. in Physics मा ९ जना,: M.Sc. in Public Health (Epidemiology) मा ५ जना रM.Sc. in Public Health (Global Health) मा ५ जनालाई काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिनेछ । दीक्षान्त समारोहमा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सेज विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ जनासहित स्नातक र स्नातकोत्तर तहका १,६५८ जना विद्यार्थी दीक्षित हुनेछन् ।

ती मध्ये आर्ट्सका ३२ जना, एजुकेसनका १०० जना, इन्जिनियरिङका ३५२ जना, म्यानेजमेन्टका १६ जना, मेडिकल साइन्सेजका ९९३ जना र साइन्सका २१९ जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८० जना) रहनेछ । दीक्षित हुने विदेशी विद्यार्थीहरू भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी ९ देशका १ सय ५७ जना रहनेछन् । सत्ताइसौं दीक्षान्त समारोहसम्ममा काठमाडौं विश्वविद्यालयबाट ३८ हजार ३ सय ३६ जना उत्तीर्ण हुनेछन् ।

प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा हुने दीक्षान्त समारोहमा आईआईटी हैदराबादका निर्देशक प्रा. डा. बी. एस. मूर्तिको प्रमुख आतिथ्यता रहनेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलको सहभागिता रहने समारोहमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले स्वागत भाषण गर्नुहुनेछ । दीक्षान्त समारोह हुनुपूर्व कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा काठमाडौं विश्वविद्यालय सभाको ९२ औं बैठक बस्नेछ । बैठकले दीक्षित हुने विद्यार्थीहरूको ग्रेस लिस्ट पारित गर्नेछ ।