घरमै नागरिकता सिफारिस पु-याउने अध्यक्षको घोषणा

0
Shares

ललितपुर ।

ललितपुर महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष दौलत कुमार केसीले नागरिकता सिफारिस घर घरमै पु¥याउने घोषणा गर्नुभएको छ ।

भैसेपाटीस्थित वडा कार्यालयमा पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो । उहाँले नागरिकताको विषयमा पहिलो निर्णय गर्दै सो कामले वडावासीलाई सन्तुष्ट दिन सकिने दाबी गर्नुभयो ।उहाँले भन्नुभयो–वडावासीले कुनैपनि काम गर्दा झण्झट बेहोर्न नपरोस भन्ने उद्देश्यले वडाले गर्न सबै कामलाई अनलाईन सेवा शुरु गरेका छौ ।

यसअघि अनलाईन सुविधा नभएको होइन तर काममा थप चुस्तता ल्याउन नया प्रविधि सहितको सेवा दिन लागेका हौँ । सो वडाले वडामा निवेदन लेख्ने, फोटोकपी गर्ने सेवा समेत निःशुल्क उपलक्ध गराएको छ । नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा विजयी हुनुभएका केसीले ५ वर्ष अवधिमा वडालाई हरियाली बनाउने, सडकबत्ती र सिसिटिभी जडान गर्ने उद्घोष गर्नुभयो । हाल नख्खु–सैवुसम्मको बाटो निर्माण नहुँदा गर्मीमा धुलाम्य र वर्षातमा हिलाम्य हुने अवस्थाको तत्काल अन्त्य गर्न सरकारसंग समन्वय गरी पिच गर्ने व्यवस्था गरिने समेत बताउनुभयो । पदबहाली कार्यक्रम वडा सचिव किरण राजथलाले गर्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष दामोदर खड्का, हस्तकला महासंघका उपाध्यक्ष एवं निर्यात व्यावसायी महासंघका अध्यक्ष अमृत खड्का, प्राध्यापक शिवगोपाल रिसाल, एमाले नेता वावुकाजी प्रधान लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष केसीले वडावासीको मतबाट विजयी भएपछि पाचवर्ष सम्म जनताको सेवामा समर्पित हुने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो–जनताको समस्या बुझन हामी घरघरमा जानेछौ, वेरोजगारी समस्या हल गर्न पहल गर्नेछौ ।