वीरगन्जका मेयर राजेशमान सिंह : जसको भाग्य गठबन्धनले चम्कायो



वीरगन्ज ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गर्नु भएका वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेशमान सिंह गत फागुन अन्तिम साता एमालेमा प्रवेश गर्नुभयो । लोसपामा रहनु भएका सिंह वीरगन्जको मेयरका लागि निकै आकांक्षी रहनु भएको थियो ।
लोसपाबाट चुनाव जित्ने संभावना कम देखेपछि उहाँ एमालमो प्रवेश गर्नु भएको थियो तर उहाँको एमालेको यात्रा औपचारिक रुपमा तय हुन नपाउदै ब्रेक लाग्यो । वीरगन्ज महानगरका तत्कालिन अध्यक्ष बिजय कुमार सरावगीले पनि एमाले रोजेपछि उहाँको एमालेबाट मेयर बन्ने सपनामा ब्रेक लागेपछि उहाँ जसपामा प्रवेश गर्नु भएको थियो । सरावगी भने जसपामा नै रहनु भएको थियो । वीरगन्जको संयोग कस्तो बन्यो भने जसपामा रहेका सरावगी एमालेमा प्रवेश गर्नु र एमालेले सरावगीलाई टिकट दिने निश्चित भएपछि राजेशबाट जसपामा प्रवेश गर्नुभएको थियो । राजेशमान जसपामा प्रवेश गरेपछि नै उहाँको भाग्य एक प्रकारले चम्किएको थियो ।
गठबन्धनमा सहभागी दलहरुले महानगरमा भागबण्डा गर्ने निर्णय गर्ने बताइरहेपनि त्यत्तिबेला वीरगन्ज वा बिराटनगर कुन लिने भन्नेमा उपेन्द्र यादव स्पष्ट हुनु भएको थिएन । नेपाली काँग्रेस पर्सा पनि एकल रुपमानै चुनावमा उठ्ने तयारीमा थियो । तर,भागबण्डामा वीरगन्ज जसपाले पाएपनि २०७४ सालको चुनावमा तेश्रो भएका सिंह यसपाली भारी मतन्तरका साथ बिजय कुमार सरावगीलाई हराउन सफल हुनु भएको हो ।

नेकपा एमालेका मेयरका उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगीलाइ २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित हुनु भएको हो । बैशाख ३० को मतदानमा महानगरमा कूल ९३ हजार ७ सय ८२ मत खसेको थियो । मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउदा एमालेका सरावगीले भने २३ हजार ६ सय ७१ मत पाउनु भएको छ ।यस्तै मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरिले भने ३ हजार ३ सय १३ मत पाउनु भएको छ ।

सरावगीको पार्टी कमजोर

चुनावको मुखैमा एमालेमा प्रवेश गर्नु भएका सरावगीलाई विभिन्न आरोप लाग्यो । २०७४ को तुलनामा केही बढी मत ल्याउनु भएपनि सरावगी पदका लागि पार्टी परिवर्तन गर्छन् भन्ने बिपक्षीको प्रचारले धेरै काम गरेको देखियो । त्यसो त एमाले राष्ट्रिय रुपमा तत्कालिन समयमा ठूलो पार्टी भएपनि पर्सामा संघर्ष गर्दे थियो र गएको स्थानीय तहको चुनावमा पाँचौं शक्ति रहेको एमालेका उम्मेदवार पहिलो हुनका लागि धेरै महेनेत गर्नु पर्दथ्यो । यदी काँग्रेस र माओवादी वीरगन्जमा एक्लाएक्लै उठेको भए सरावगीलाई जित्न सहज हुन सक्ने आँकलन गरिएपनि गठबन्धन भएपछि र एमालेको जनआधार वीरगन्जमा तत्कालिन समयमा कमजोर रहेका कारण र चुनावको मुखैमा पार्टी परिवर्तन गरेका कारण सरावगीको हारका कारण बनेको यहाँका बिश्लेषकहरुको तर्क छ ।

 

प्रतिक्रिया दिनुहोस्