‘संसारको शिर’ मा पहिलो मकवानपुरे पाइला

0
Shares

हेटौंडा।

सगरमाथा, संसारको शिर । अनि, शेर्पाहरुको रैथाने थलो । अरुको सपना बा“चेर आउने भन्दा गुमाउनेको नामको पान्ना लामो रहेको अवस्थामा मकवानपुरको साविक छतिवनका विक्रम कार्कीले आफ्नो जन्मक्षेत्रको नाम चुचुरोमा पु¥याउनुभएको छ । त्यहा“ उहाँले नेपालको झण्डा पनि फहराउनुभएको छ । सगरमाथा चुम्ने सम्भवतः उहाँ पहिलो मकवानपुरे हुनुहुन्छ ।

कार्कीलाई २१ मे, २०२२ (जेठ ७ गते) विहान ११ः२५ मा सगरमाथाको चुचुरोको पुग्ने सफलता हात परेको हो । यो समाचार तयार पार्दा उहाँले साथीहरुको पर्खाइमा बेसक्याम्पमा आराम गरिरहेको बताउनुभएको छ । उहाँले ८ हजार ८ सय ४८ मिटरको उच्च अल्टिच्युडमा अक्सिजनको सहारास“गै ‘मेरो प्यारो छतिवन’ भनेर गर्वले नाम लिनुभएको छ ।

 

उहाँले भन्नुभयो–सबै चुनौतीका बाबजुद सर्वोच्च समिटमा पाइला टेक्न पाउ“दा संसार जितेको महसुस भएको छ । मैले मेरो देश, साथी, यात्राका अविचलित पाइला, मेरा बुबाआमा अनि परिवार सम्झिए“ । पेशाले पर्यटन व्यवसायी उहाँको यो सफलतामा उहाँमात्र खुशी हुनुहुन्न, सिंगो मकवानपुरले गर्व महसुस गरेको छ । ११ अप्रिलदेखि मे १४ सम्म तयारी गरी काठमाडौंको ठमेलबाट यात्रा सुरु गर्नुभएका कार्कीसहित टोली १६ मेमा बेसक्याम्प पुगेको थियो ।

उहाँ एसएलसीलगत्तै काठमाडौँ लाग्नुभएको थियो । जहाँ उहाँले ब्याचलर इन टुरिजम एण्ड हस्पिटालिटी गर्नुभयो । पढाइस“गै व्यवसायमा होमिनुभएका विक्रमले सन् २०११ मा कलेज पढ्ने ५ साथी मिलेर ट्रेकिङ कम्पनी सुरु गर्नुभयो । त्यसको नाम राखियो–एपेक्स हिमालय ट्रेक्स एण्ड एक्सपेडिसन प्रालि । यो उहाँका लागि जीवनको ‘टर्निङप्वाइट’ थियो । उहाँले कम्पनीको सम्पर्कमा आएका विदेशी पर्यटकलाई घुमाउने र खुवाउनेदेखि भिसा सहजीकरण गर्न थाल्नुभयो । यसले उहाँलाई व्यावसायिकरुपमा बलियो बनाउ“दै लग्यो । प्रत्येक दिन उहाँका विदेशी साथी धेरै हुन थाले । दशैंमा समेत गाउ“ आउ“दा विदेशी पर्यटक ल्याएर घुमाउनैपर्ने भइसकेको थियो ।

माउन्टेनियरिनिङ, रकक्लाइडिङ, हाइमाउन्टेन रेस्क्यु, एडभान्स क्यानोइनिङ, प्राथमिक उपचार, स्कि कोर्सलगायत तालिम लिनुभएका उहाँले आफूलाई दक्ष बनाउ“दै ६ हजार मिटरमाथि उचाईंका विभिन्न देशका ६ हिमालको सफल आरोहणसमेत गरिसक्नुभएको छ । आमदब्लम अर्थात् संसारकै प्राविधिकरुपमा कठिन मानिने ६ हजार ८ सय १२ मिटर अग्लो हिमाल, चुलु फार इष्ट (६,०५९ मि), इम्जात्से (६,१६५ मि), लुभुजे (६,०९० मि), चुलुइष्ट (६,५८४ मि), मेरापिक (६,४७० मि) लगायत हिमालय उहाँले सफलरुपमा चढिसक्नुभएको छ । यी हिमाल उहाँले सगरमाथा चड्ने चाहनाले आरोहण गर्नुभएको थियो ।
२०५० असार २६ गते रामबहादुर तथा इन्द्रकला कार्कीका पहिलो सन्तानका रुपमा जन्मिनुभएका उहाँले सुरुवाती पढाइ काठमाडौंमा गरे पनि स्कुले शिक्षा हाल बकैया गाउ“पालिका वडा–४, छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयबाट प्राप्त गर्नुभएको हो । स्कुल पढ्दादेखि नै डा“डापाखा जान मनपराउने कार्कीले २०६१ सालमा एसएलसी पास गर्नुभएको थियो ।