नीति तथा कार्यक्रम इतिहासकै फितलो: एमाले


काठमाडौं ।

सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम इतिहासमै फितलो भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले टिप्पणी गरेको छ । संसद् परिसरमा प्रतिक्रिया दिँदै एमाले नेताहरूले सत्तापक्षकै सांसदहरूले नीति तथा कार्यक्रमको समर्थन गर्न नसकिने बताएका हुन् ।

एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले नीति तथा कार्यक्रमाथि इतिहासकै सबैभन्दा कमजोर र फितलो नीति तथा कार्यक्रम भएको टिप्पणी गर्नुभयो । नीति तथा कार्यक्रम पेस हुँदा एउटा पनि ताली नबजेको टिप्पणी गर्दै उहाँले कार्यक्रममा समेटिनुपर्ने विषयवस्तु नसमेटिएको बताउनुभयो ।

त्यसै गरी एमाले सचिव योगेश भट्टराईले पनि नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पूरा नगर्ने प्रतिक्रिया दिनुभयो । समस्या सम्बोधन गर्ने कुनै विकल्प नभएको बताउँदै उहाँले आउने वर्ष देशले डरलाग्दो आर्थिक संकट सामना गर्नुपर्ने चेतावनी दिनुभयो । सरकारको नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘यो सरकार जति समय रहन्छ, समयको बर्बादी मात्र हो ।