मुल्यवृद्धीको आन्दोलन चर्कियो



All the effects are created with gradient mesh, blending and transparent effects. Open the file only in transparency supported software.

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने विषयमा चाडै निर्णय गरिने बताए । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै सरकार आबद्ध सहित १५ विद्यार्थी संगठनको आज (मंगलबार) ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री वडुले सो धारणा व्यक्त गरे ।

मन्त्री वडुले मूल्यवृद्धिको विषयमा चाडै निर्णय गर्ने बताउदै आन्दोलन नगर्न आग्रह गरेका छन् । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले मन्त्री वडुले विद्यार्थीलाई ग्यासमा सहुलियत दिने र पेट्रोलियम पदार्थमा कर फिर्ता लिने विषयमा मन्त्रीले चाँडै नै सरकारले निर्णय गर्ने बताएको जानकारी दिइन् ।

विद्यार्थी संगठनले मन्त्रालय र संयुक्त विद्यार्थी सङगठनबीच विगतमा भएको सहमति कार्यान्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरुलाई सहुलियत दिन माग गरेका छन् । यस्तै विद्यार्थी संगठनले भोलि (बुधबार) जेठ ११ गतेभित्र मूल्यवृद्धि फिर्ता गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

विद्यार्थी संगठनले मूल्य फिर्ता नभए भोलि नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । आयल निगमले गत बैशाख ३१ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपियाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डरमा २ सय रुपियाँ वृद्धि गरेको थियो ।

मुल्यवृद्धी भएपछि एलपी ग्यासको मूल्य प्रति शिलिण्डर १ हजार ८ सय , पेट्रोलको प्रतिलिटर १ सय ८०, डिजेल र मट्टीलेत १ सय ६३ रुपिया र हवाई इन्धरन (आन्तरिक)को मुल्य प्रतिलिटर १ सय ६६ पु¥याइएको छ । ध्यानाकर्षणपत्र बुझाउन नेपाल विद्यार्र्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू लगायतका सङ्गठनका प्रतिनिधिहरू मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्