बञ्चरेका स्थानीय रिहा


काठमाडौं ।

आज बिहान पक्राउ गरिएका बञ्चरेडाँडा ल्याण्डफिल साइट नजिकका स्थानीयलाई प्रहरीले रिहा गरेको छ । बञ्चरे ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गर्दा अवरोध पु-याएको भन्दै उनीहरुलाई पक्राउ गरिएको थियो ।

हामीलाई चार घण्टापछि रिहा गरेको छ । तर हामी स्थानीयको माग पुरा नभएसम्म फोहोर बिसर्जन हुन दिँदैनौ–पक्राउ परेका स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भन्नुभयो । उहाँले सरकारले १५ गते जारी गर्ने बजेटमा ल्याण्डफिल साइटलाई कति बजेट व्यवस्था गरेको छ । सोही अनुसार निर्णय गर्नेछौ ।

उहाका अनुसार केही समयपछि स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल गरेरमात्र सामुहिक निर्णय गर्नेछौ । सरकारले स्थानीयसँग छलफल नै नगरी सयौ प्रहरी परिचालन गरी फोहोर फ्याकेको स्थानीयको आरोप छ ।