दरपीठ नभएको स्थानीय जडिबुटी नियन्त्रणमा

0
Shares

खोटाङ ।

खोटाङबाट अन्यत्र लगिँदै गरेको अवस्थामा दरपीठ नभएको स्थानीय जडिबुटी नियन्त्रणमा लिईएको छ । बागमती प्रदेश ०१००६ ख ३३४७ नम्बरको ट्रकमा राखेर अन्यत्र लैजाँदै गरेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीबाट प्रहरीले जडिबुटी नियन्त्रणमा लिएको हो ।

हलेसीस्थित ट्राफिक चोकमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रमका दरपीठ नभएको जडिबुटी फेला परेको ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले जनाएको छ । प्रहरीले जडिबुटी, ट्रक चालक, सामानको मालिक र ट्रकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको छ ।

कागजपत्र नमिलेको र शंकास्पद देखिएकाले सोमबार उक्त जडीबुटी र ब्यक्तिहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।