छात्रालाई दुर्व्यवहार गर्ने  सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

0
Shares

काठमाडौं । 

छात्रामाथि दुर्व्यवहार गर्ने चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारी रहेका छन्  ।

अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो । त्यहीबीच सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले  पक्राउ गरेकाे हाे  ।

कक्षा ११ मा अध्ययनरत एक छात्राले ती शिक्षकविरुद्ध दुर्व्यवहारको आरोप लगाएकी छिन् । विद्यार्थीको समूहले अहिले गौशालास्थित प्रहरी कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरिरहेको छ ।