भक्तपुर ६ वडाध्यक्षमा सुवाल विजयी


भक्तपुर ।

भक्तपुर नगरपालिका-६ वडाध्यक्षमा डा. हरिराम सुवाल विजयी भएका छन् । डा.सुवाल नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष बनेका हुन् ।

सुवाल ३ हजार २ सय २९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भूपेन्द्रप्रसाद नेपालीले ३ सय २२ मत पाए । सदस्यमा गोविन्द दुवाल विजयी भएका छन् ।