ताप्लेजुङको फक्ताङलुङमा माओवादी विजयी



ताप्लेजुङ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु विजयी भएका छन् । लिम्बु २ हजार ६६० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

लिम्बुका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरोज लिम्बु २ हजार ३१२ मत पाए । जसपाकी मञ्जिता लिम्बु १५० मत सहित तेस्रो स्थानमा रहिन् ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन साम्रा लिम्बु निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी शान्तिमाया लिम्बु (पौडेल)लाई १४६ मत अन्तरले हराए । कांग्रेसका रबिनले २ हजार ३५८ मत पाउँदा एमालेकी शान्तिमायाले २ हजार २१२ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्