रसुवाको आमाछोदिङमो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तामाङ निर्वाचित


सरस्वती न्यौपाने,  रसुवा ।

रसुवाको आमाछोदिङमो गाउँपालिका को अध्यक्ष मा पुन नेपाली का‌ंग्रेसबाट वुचुङ तामाङ निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा काग्रेस कै चण्डिका तामाङ निर्वाचित हुनुभएको छ ।अध्यक्ष मा वुचुङ तामाङ ले एक हजार चार सय ३० मत ले विजय भएका हुन भने नेकपा एमाले का फुर्पु सिङगि तामाङले एक हजार तीन सय ४५ मात पाउनुभएको थियो ।

उपाध्यक्ष चण्डिका तामाङले एक हजार तीन सय ८१ मत ल्याएर विजय हुनुभयो भने एमालेकी उपाध्यक्ष नविना लामाले एक हजार दुई सय २३ मत प्रात गरेकि थिईन । अध्यक्ष वुचुङ तामाङ २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिबाट अध्यक्ष भएका थिए भने दोस्रो स्थानीय तह निर्वाचनमा कांग्रेसबाट अध्यक्ष हुनुभएको हो । उपाध्यक्ष चण्डिका तामाङ भने नौलो अनुहार हो।