लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा पुनः माओवादी केन्द्रका राई विजयी



उदयपुर । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मेजर राई विजयी भएका छन् । उनी ०७४ सालका पनि विजयी भएका हुन् ।

आइतबार दिउँसो सकिएको मतगणनामा उपाध्यक्ष गठबन्धनबाट कांग्रेसका उम्मेदवार पुष्पलाल राई विजयी भएका हुन् । मतगणना परिणामअनुसार अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् । उपाध्यक्ष निर्वाचित राईले १ हजार ९ सय ३३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्