भरतपुर महानगरपालिकाको मतगणना रोकियो



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो ।

विगतमा पनि मत गणनाको विषयलाई विवादित बन्न पुगेको भरतरपुरमा यस पटक पनि मत गणनाकै सुरुवातमै गणना रोकिएको छ ।

हालसमम ५१ सय ७७ मतगणना सकिँदा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्