मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी


काठमाडौं ।

मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदिप गौचन बिजयी भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार गौचन १,१४४ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बालकुमारी शेरचनलाई ८९ मतान्तरले पराजित गरेका हुन् । पराजित बालकुमारी शेरचनले १,०५५ मत ल्याएकी छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसको सोमल हिराचन १११२ मतसहित निर्वाचित भएका छन् । एमालेकी सुमिता शेर्पाले १०८० मत प्राप्त गरेकी छन् ।