अपीहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे विजयी

0
Shares

दार्चुला ।
दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) विजयी भएका छन् ।
उनले २ हजार ३ सय ४ मत प्राप्त गरी विजयी  भएका हुन्। उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९१९ मतान्तरले पराजित गरेका हुन् । पराजित मन्यालले १ हजार ३ सय ८५ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएकी छन् । उपाध्यक्ष निर्वाचित देवकीदेवी बोहराले २ हजार २७ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याएकी थिइन् ।

अपीहिमाल गाउँपालिकामा आइतबार साढे १२ बजे मतगणना सकिएको थियो ।